सामाजिक सुरक्षाको लगत २०७३ स्थानिय निकायका कर्मचारीहरुको लागी २०७३ ज्येष्ठ २१ र २२ गते आयोजना गरीएको सुचना, संचार तथा प्रविधी सम्वन्धी आधारभुत तालिमको प्रतिवेदन रोल्पा जिविस LGCDP Focal Persion को परिक्षा कार्यक्रमको मिति संशोधन सम्वन्धमा परिक्षा कार्यक्रमको मिति संशोधन सम्वन्धमा २० औं रोल्पा जिल्ला परिषद् सम्बन्धी अत्यन्त जरुरी सूचना पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको लागि Syllabus रोल्पा जिल्ला विकास समिति अन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरण कार्यान्वयनमा सहजीकरण गर्नको लागि आवेदन परेका उमेद्वारहरुको shortlist

संक्षिप्त परिचय

जिल्ला परिचय

रोल्पा जिल्ला नेपालको एक पहाडी जिल्ला हो । यो मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत राप्ती अञ्चलमा पर्दछ । जिल्लाको पूर्वमा बाग्लुङ र प्यूठान जिल्ला, पश्चिममा सल्यान जिल्ला, उत्तरमा रुकुम जिल्ला र दक्षिणमा दाङ जिल्ला पर्दछ । यस जिल्लाको सदरमुकाम लिबाङमा रहेको छ । राजनीतिक तथा प्रशासनिक विभाजनको हिसाबले जिल्लालाई २ निर्वाचन क्षेत्र, ११ इलाका र ५१ गाविस रहेको छ । २०६८ सालको राष्ट्रियजनगणना अनुसार जिल्लाको जनसंख्या २ लाख २४ हजार ५ सय ६ जना रहेको छ । जसमा १ लाख २१ हजार ४ सय ६ जना महिला र १ लाख ३ हजार १ सय जना पुरुष रहेका छन् । यस जिल्लामा मगर जातिहरुको बाहुल्यता रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार जिल्लामा ४४ प्रतिशत मगर, ३३ प्रतिशत क्षेत्री, १५.२५ प्रतिशत दलित, २ प्रतिशत सन्यासी, १.०७ प्रतिशत व्राह्मण र ४.६८ प्रतिशत अन्य रहेका छन् ।

रोल्पा जिल्लाको सदरमुकाम लिवाङ नगरपालिका हो । यस जिल्लाको जम्मा क्षेत्रफल १,८७९ बर्ग कि.मी. छ भने गा.बि.स. ४९ र नगरपालिका १ वटा छन् । संबिधान सभा निर्वाचन क्षेत्र सङ्ख्या २ वटा छन् । यहाँको टेलिफोन कोड नम्बर ०८६ हो तर यहाँ भि-स्याट प्राबिधिका फोनहरु पनि सुचारु छन्, जसको कोड नम्बर ०१९ हो तर अहिले सिडिएमए, नमस्ते, एलसेल र हेलोका सेवाहरु सुचारुमा छन् । हालै सम्म ADSL ले लिबाङ वजारमा साथै लिबाङ, सातदोवाटो र रातामाटामा रहेको WiMax BTS वाट आसपासका ठाउहरुमा इन्टरनेट सेवा सन्चालनमा छ। त्येस्तै नमस्तेको 3 जि सेवा लिबाङ, मिझिङ र खुंग्रीमा साथै नमस्तेको जिपाआरएस, स्काइ नेट र एनसेलले वायरलेस प्राबिधिको इन्टरनेट सेवा पनि सदरमुकाम सहित धेरै जसो गा.वि.स.मासन्चालनमा ल्याएको छ ।

यहाँ जलजला हिमाल (बराह क्षेत्र), राँकमाधुरी चुचुरो. सुनछहरी, जेदबाङ दउराली जस्ता पर्यटकीय स्थलहरु छन् । त्यस्तै शिव पाञ्चायन मन्दिर खुङ्ग्री. शिव गुफा जुगार, शिव गुफा जुगार, स्वर्गद्वारी प्रभुको जन्मस्थल रुन्टी(सखी), शिव मन्दिर गुम्चाल लगायतका धार्मिक स्थलहरु रहेका छन् ।

 

जिल्लाको नामाकरण:

“रोल्पा” भनेर चिनिने यो जिल्ला स्थान विशेष “रोल्पाथुम” को कारणले रोल्पा बनेको हो । तर अनौठो कुरा के छ भने अहिले “रोल्पा” भन्ने स्थान रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा पर्दछ । सीमाना हेरफेर गर्ने क्रममा रोल्पाथुमको केही भाग रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा परेको हो । त्यही क्रममा रोल्पाथुमको केही भाग सल्यान जिल्लामा मिलाउँदा “रोल्पा” पनि सल्यान मै छुट्न गएको हो ।

 

जिल्लाको ईतिहास:

एकीकरण पूर्व अन्य बाइसे-चौबिसे राज्यहरुमा जस्तै यस भेगमा पनि छुट्टै राजाहरुले राज्य गर्दथे । तथापि यहाँका राजाहरुले अन्य राजाहरु जस्तो प्रख्याति पाएको भने सुनिदैनथ्यो । त्यसकोकारण सम्भवतः राज्यको क्षेत्र सानै भएर हुन सक्छ । गजुलकोटमा काठमा लेखिएको वि.सं. १७०३ को अभिलेख पाइएबाट त्यहाँ राजदरवार रहेको प्रमाणित हुन्छ । सेन राजा गजुलमा सुरुदेखि नै बसेको भने पाइदैन । गजुल क्षेत्रमा राज्य व्यवस्था त थियो तर त्यहाँ केही समय राजा नभएकोले त्यहाँका काजीहरु राजगुण भएको प्रतिभाशाली व्यक्तित्वको खोजीमा थिए भन्ने जनश्रुति छ । उनीहरुले गजुलमा एउटा पोखरी खन्ने क्रममा नजिकैको चौतारीमा शिरको फेटा फुकालेर जो व्यक्ति बस्छ उसैलाई राजा बनाउने गुप्त सल्लाह गरेका थिए । यस्तैमा जाजरकोट जक्तिपुरबाट आएका तुथासेन त्यही चौतारीमा आई काजीहरुको गुप्त सल्लाह अनुसारको प्रकृतिबाट बसेपछि उनलाई नै राजा बनाइयो ।

तुथासेन त्यहाँ आई पुग्ने अवस्था पनि मार्मिक रहेको पाईन्छ जुन यस प्रकार छ- तुथासेन जाजरकोट जक्तिपुरका राजा थिए । उनी निकै धार्मिक प्रकृतिका व्यक्ति थिए । उनका भाईको दुर्भाग्यवश निधन भएपछि विधवा भाई बुहारीलाई उनले नै विवाह गर्नपर्छ भनी वाध्य गराउन थाल्दा सो कुरा नमानी विरक्तिएर राज्य समेत ब्राम्हणहरुलाई दान गरेर मुक्ति क्षेत्रतर्फ हिडेका बखत सोही क्रममा उनी गजुलकोट आई चौतारामा बसेका रहेछन् । उनले त्यहाँको राजा हुन स्वीकारे पछि उनको विवाह रुकुम दरिजेनमका राजाकी छोरी तुरुवावतीसँग गराइयो । त्यसबखत गजुल राज्य अन्तर्गत १८ गाउँ थिए । तुथासेनका ५/६ पुस्ता पछिका धैर्यपाल गजुल मै राजा भए र उनका भाइ कर्णपाल खुँग्रीकोटका राजा भए । उनलाई राज्य रजौटा उन्मुलन पश्चात् पनि भत्ता उपलब्ध भईरहेको थियो । त्यसरी भत्ता प्राप्त गर्नेअन्तिम राजा भने फत्ते प्रचण्डबहादुर सिंह हुन् । उनको वि.सं. २०४९ सालमा मृत्यु भयो ।

वि.सं. २०१८ सालमा नेपालका ३४ जिल्लाहरुलाई ७५ जिल्लामा विभाजन नगर्दा सम्म रोल्पा जिल्लाको वर्तमान क्षेत्र प्युठान र सल्यान जिल्लामा पर्दथ्यो । पछि सात सय सखी, आठ हजार बुढागाउँ, नौसय माडिखोला, रोल्पा बाईसखुवा र कालाशेष थुम (मौजा)का नामले चिनिने वि.सं. २०१८ साल पूर्वको रोल्पा क्षेत्र वि.सं. २०१८ सालमा सल्यान र प्युठानको केही क्षेत्र मिलाई बनाइएको र त्यस वखत ३३ गाउँ पञ्चायत रहेको थियो । पछि वि.सं. २०३४ सालमा सीमाना हेरफेर गरी ५१ गाउँ पञ्चायत बनाइयो । हाल रोल्पामा ५१ वटा गा.वि.स. नै कायम रहेको छ ।

रोल्पा जिल्लाको थबाङ गाविसमा अवस्थित सु्न्दर पहाडको नाम हो जलजला । प्राकृतिक दृष्टिले जलजला निकै मनोरम छ । यहाँको प्राकृतिक सुन्दरता पर्यटकलाई स्वागत् गर्न प्रतीक्षारत छ । त्यसको अतिरिक्त यहाँका आदिवासी जनजाति मगर जातिको मौलिक संस्कृति भेषभुषा खाम भाषा र जीवनपद्दति पनि पर्यटनका आकर्षण हुन् ।

पर्यटकीय गन्तव्य स्थल बन्न जलजलाको प्राकृतिक सुन्दरता र साँस्कृतिक छटाका साथै माओवादी जनयुद्धको केन्द्र हुनुले पनि थप आकर्षण गर्ने छ । किनकि जलजलासँग माओवादी जनयुद्ध र नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास पनि गाँसिएको छ । नेपालमै साम्यवादको अभ्यास भइरहेको जनकम्युन जलजला फेदीका प्रमुख अध्ययन अनुसन्धानका थप आकर्षण केन्द्र हुन् ।

जलजला धार्मिक स्थल पनि हो । वैशाख जेठ र साउनमा वर्षको तीनचोटि तीर्थालुहरु जलजला आउँछन् । राप्तीका अतिरिक्त भेरीका जाजरकोट सूर्खेत र कर्णालीका विभिन्न जिल्लाबाट पूजा र दर्शनका लागि आउने गर्छन् ।

जलजलाको प्राकृतिक साँस्कृतिक धार्मिक र राजनीतिक बहुआयामिकु मिश्रणले पनि पर्यटकका आकर्षक गन्तव्य बन्न सक्छ । प्रकृति र सँस्कृतिमा मात्रै सीमित नेपालको पर्यटन व्यवसायमा जलजला राजनीतिक पर्यटनका लागि नौलो पर्यटन गन्तव्य हुन सक्ने प्रवल संभावना छ ।

जलजला रोल्पाको प्रतिविम्व हो । जनयुद्ध र रुपान्तरणको हिसाबले नेपाली राजनीतिक परिवर्तनको रोल्पा मुहान बनेको छ त्यसरी नै रोल्पाको पहिचान हो जलजला ।

 

जात्रा तथा मेलाहरु:

१. मंसिर पुर्णिमाको दिन बडाचौर गाविसको वडाचौरमा बराहमेला लाग्दछ ।

२. श्रिपन्चमीको दिन खुंग्री गाविसको चतुर्भूजमा श्रिपन्चमी मेला लाग्दछ ।

३. कोजाग्रत पूर्णिमाको दिन दुविडाँडा गाविसको चिन्नेथानमा सिद्धमेला लाग्दछ ।

४. विजया दशमीको दिन गजुल गाविसको गजुलकोटमा दशैं मेला लाग्दछ ।

५. जेष्ठ पूर्णिमाको दिन थबाङ गाविसको जलजलामा बराह मेला लाग्दछ ।

६. भदौ १२ गतेको दिन जुगार गाविसको चविघाटमा बाह्र भदौ मेला लाग्दछ ।

 

नाच:

१. सोरठी नाच मगर समुदायमा नाचिने – तिहारमा

२. भैलो नाच सबै समुदायले नाच्ने – तिहारमा

३. सारंगी नाच घर्तिगाउँमा मगर जातिले नाच्ने – विभिन्न पर्वमा

४.पञ्चमी नाच सबै समुदायले नाच्ने – पञ्चमीमा  ।

५. भुमे नाच मगर समुदायमा नाचिने – भुमे पर्वमा

 

सँस्कृति:

खाम भाषीहरुको जलजला क्षेत्रमा बसोबास छ । रोल्पा नेपालकै मगर जातिको बाहुल्यताको हिसाबले पाल्पापछिको दोस्रो हो । जलजला क्षेत्रसँग जोडिएका थबाङ जेलबाङ उवा मिरुल धबाङ सेरम गाम कुरेली ह्वामा आदि खाम भाषी बस्ती हुन् । भेषभुषा रहनसहन र यहाँको जीवनशैली मौलिक छ । माघेसङ्क्रान्ति र भूम्या यस क्षेत्रका प्रमुख पर्व हुन् । भूम्या मारुनी पैसेरु सारङ्गी रोल्पाका प्रमुख नृत्य हुन् ।

मगर समुदायको अध्ययन अनुसन्धानका लागि यो क्षेत्र प्रमुख गन्तव्यस्थल बन्ने सम्भावना छ ।

जनयुद्धले समाजमा ल्याएको रुपान्तरणसँगै महिलाले हलो जोत्ने नयाँ संस्कृतिको थालनी पनि भएको देखिन्छ ।

 

रोल्पा नेपालको एक पहाडी जिल्ला हो। रोल्पा जिल्लाको क्षेत्रफल एक हजार आठ सय ७९ बर्ग किलोमिटर रहेको छ ।

जिल्लाको नामाकरण

“रोल्पा” भनेर चिनिने यो जिल्ला स्थान विशेष “रोल्पाथुम”को कारणले रोल्पा बनेको हो। तर अनौठो कुरा के छ भने अहिले “रोल्पा” भन्ने स्थान रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा पर्दछ। सीमाना हेरफेर गर्ने क्रममा रोल्पाथुमको केही भाग रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा परेको हो । त्यही क्रममा रोल्पाथुमको केही भाग सल्यान जिल्लामा मिलाउँदा “रोल्पा” पनि सल्यान मै छुट्न गएको हो ।

भौगोलिक अवस्थिती

देशान्तर: ८३.१० देखि ८३.९० पूर्व

अक्षांस: २८.८० देखि २८.३८० उत्तर

उचाई: समुद्र सतहदेखि ७०१ देखि ३६३९ मीटरसम्म

सदरमुकामको उचाई: समुद्र सतहबाट १३७५ मीटर

क्षेत्रफल: १८७९ वर्ग किलोमीटर

सिमाना: पूर्व बागलुङ्ग र प्यूठान, पश्चिम सल्यान, उत्तर रुकुम, दक्षिण दाङ

जिल्लाको इतिहास

एकीकरण पूर्व अन्य बाइसे-चौबिसे राज्यहरूमा जस्तै यस भेगमा पनि छुट्टै राजाहरूले राज्य गर्दथे। तथापि यहाँका राजाहरूले अन्य राजाहरू जस्तो प्रख्याति पाएको भने सुनिदैनथ्यो। त्यसकोकारण सम्भवतः राज्यको क्षेत्र सानै भएर हुन सक्छ। गजुलकोटमा काठमा लेखिएको वि.सं. १७०३ को अभिलेख पाइएबाट त्यहाँ राजदरवार रहेको प्रमाणित हुन्छ । सेन राजा गजुलमा सुरुदेखि नै बसेको भने पाइदैन । गजुल क्षेत्रमा राज्य व्यवस्था त थियो तर त्यहाँ केही समय राजा नभएकोले त्यहाँका काजीहरू राजगुण भएको प्रतिभाशाली व्यक्तित्वको खोजीमा थिए भन्ने जनश्रुति छ । उनीहरूले गजुलमा एउटा पोखरी खन्ने क्रममा नजीकैको चौतारीमा शिरको फेटा फुकालेर जो व्यक्ति बस्छ उसैलाई राजा बनाउने गुप्त सल्लाह गरेका थिए । यस्तैमा जाजरकोट जक्तिपुरबाट आएका तुथासेन त्यही चौतारीमा आई काजीहरूको गुप्त सल्लाह अनुसारको प्रकृतिबाट बसेपछि उनलाई नै राजा बनाइयो।

तुथासेन त्यहाँ आई पुग्ने अवस्था पनि मार्मिक रहेको पाइन्छ जुन यस प्रकार छ- तुथासेन जाजरकोट जक्तिपुरका राजा थिए । उनी निकै धार्मिकप्रकृतिका व्यक्ति थिए । उनका भाईको दुर्भाग्यवश निधन भएपछि विधवा भाइ बुहारीलाई उनले नै विवाह गर्नपर्छ भनी वाध्य गराउन थाल्दा सो कुरा नमानी विरक्तिएर राज्य समेत ब्राम्हणहरूलाई दान गरेर मुक्ति क्षेत्रतर्फ हिडेका बखत सोही क्रममा उनी गजुलकोट आई चौतारामा बसेका रहेछन्। उनले त्यहाँको राजा हुन स्वीकारे पछि उनको विवाह रुकुम दरिजेनमका राजाकी छोरी तुरुवावतीसँग गराइयो । त्यसबखत गजुल राज्य अन्तर्गत १८ गाउँ थिए। तुथासेनका ५/६ पुस्ता पछिका धैर्यपाल गजुल मै राजा भए र उनका भाइ कर्णपाल खुँग्रीकोटका राजा भए । उनलाई राज्य रजौटा उन्मुलन पश्चात् पनि भत्ता उपलब्ध भईरहेको थियो। त्यसरी भत्ता प्राप्त गर्ने अन्तिम राजा भने फत्ते प्रचण्डबहादुर सिंह हुन् । उनको वि.सं. २०४९ सालमा मृत्यु भयो।

वि.सं. २०१८ सालमा नेपालका ३४ जिल्लाहरूलाई ७५ जिल्लामा विभाजन नगर्दा सम्म रोल्पा जिल्लाको वर्तमान क्षेत्र प्युठान र सल्यान जिल्लामा पर्दथ्यो। पछि सात सय सखी, आठ हजार बुढागाउँ, नौसय माडिखोला, रोल्पा बाईसखुवा र कालाशेष थुम (मौजा)का नामले चिनिने वि.सं. २०१८ साल पूर्वको रोल्पा क्षेत्र वि.सं. २०१८ सालमा सल्यान र प्युठानको केही क्षेत्र मिलाई बनाइएको र त्यस वखत ३३ गाउँ पञ्चायत रहेको थियो। पछिवि.सं. २०३४ सालमा सीमाना हेरफेर गरी ५१ गाउँ पञ्चायत बनाइयो। हाल रोल्पामा ५१ वटा गा.वि.स. नै कायम रहेको छ। त्येस पछि नेपाल सरकारले वि.सं. २०७१ सालमा लिबाङ र खुमेल गा.वि.स.लाइ मिलाएर लिबाङ नगरपालिका घोषणा गरे पश्च्यात हाल रोल्पामा ४९ वटा गा.वि.स. र १ वटा नगरपालिका कायम रहेको छ।

यातायात

माडी नदीको पुल २०५२ सालमा नै निर्माण भएकोले सोही वर्षदेखि जिल्लामा लिवाङ-काठमाडौं २ वटा रात्री बस सेवा, १ वटा दिवा माइक्रो सेवा, लिवाङ-नेपालगञ्च १ वटा रात्री बस सेवा, लिवाङ-वुटवल १ वटा दिवा बस, लिवाङ-प्युठान १ वटा दिवा बस सेवा सेवा तथा छिमेकी जिल्ला दाङको घोराही , भालुवाङवाट दैनिक दिवा वस सेवा र तुलसिपुरवाट १ वटा रात्रि वस सेवा नियमित र वर्षा मौसममा पनि लिवाङसम्म पक्की बाटो भएकाले सहजै पुग्न सकिन्छ। त्येस्तै घर्तीगाउँ-दाङ १ वटा दिवा वस तथा घर्तीगाउँ-काठमान्डौ १ वटा रात्रि वस र दुइखोलि-दाङ १ वटा वस सञ्चालितमा छन। यसरी नियमित यातायात (वस/ट्रक) सेवाबाट जिल्लाका व्यापारीहरूलाई आफ्नो सामान ढुवानी र आवत-जावत गर्न सुविधा पुग्नुको साथै सर्वसाधारणहरूलाई पनि जिल्ला बाहिर आवत-जावत गर्न सुविधा पुगेको छ।

नदीनाला

माडीखोला, लुग्रींखोला, फगामखोला, त्रिवेणीखोला, बोज्याङखोला, शिवाङखोला, धासीखोला, मिरुलखोला, फिवैखोला, पाखापानीखोला, बाँफुखोला, ग्वारखोला,गोठीखोला, हलहलेखोला, जिनावाङखोला, अरहङखोला, पारीवाङखोला, गजुलखोला, जुगाँरखोला, घोडाखोला, कलमखोला, राँक चुरागाढखोला, चक्रीखोला,स्यानीगाढखोला, डाढाखोला, कुटेखोला।

झरना

सुनछहरी झरना- स्युरी, लहरीखोला झरना- तालावाङ, जायछहरा झरना- राँक,

जात्रा तथा मेलापर्व

सि.नं. जात्रा तथा मेला जात्रा मेला लाग्ने स्थान जात्रा मेला लाग्ने समय
बाराह जात्रा बडाचौर गा.वि.स., बडाचौर मङ्सिर पूर्णिमा
श्री पाचमी मेला खुंग्री गा.वि.स., चतुर्भुज श्री पाचमी
शिद्वमेला दुबीडाँडा गा.वि.स., चिन्नेथान कोजाग्रत पूर्णिमा
दशैको मेला गजुल गा.वि.स., गजुलकोट बिजयादशमी
बराह मेला थवाङ गा.वि.स., जलजला जेष्ठ पूर्णिमा
बाह्र भदौ मेला जुगाँर गा.वि.स., चबिघाट जेष्ठ पूर्णिमा

 

सि.नं. जात्रा तथा मेला जात्रा मेला लाग्ने स्थान जात्रा मेला लाग्ने समय
बाराह जात्रा बडाचौर गा.वि.स., बडाचौर मङ्सिर पूर्णिमा
श्री पाचमी मेला खुंग्री गा.वि.स., चतुर्भुज श्री पाचमी
शिद्वमेला दुबीडाँडा गा.वि.स., चिन्नेथान कोजाग्रत पूर्णिमा
दशैको मेला गजुल गा.वि.स., गजुलकोट बिजयादशमी
बराह मेला थवाङ गा.वि.स., जलजला जेष्ठ पूर्णिमा
बाह्र भदौ मेला जुगाँर गा.वि.स., चबिघाट जेष्ठ पूर्णिमा

Review book (Repaired) – Copy


Skip to toolbar